हिमाल दैनिक
सरकारले भरतपुर महानगरपालिका वडा नम्बर १६ मा मंसिर १४ गते उपनिर्वाचन गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ । असोज ७ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मंसिर १४ गते शनिबार भरतपुर १६ मा पनि उपनिर्वाचन हुने जानकारी दिए । भरतपुर १६ का वडाध्यक्ष चतुर्मान गुरूङको गत शनिबार मृत्यु भएको थियो । बैठकले ललितपुरको गोदावरीमा ३ हजार सिट क्षमताको सभाहल बनाउका लागी तयार गरिएको गुरुयोजना स्वीकृत गरेको छ । बैठकले जिल्ला प्रशासन कार्यालय मोरङबाट जारी शम्भुप्रसाद मण्डलको नेपाली नागरिकता खारेज गर्ने निर्णय गरेको बाँस्कोटाले जानकारी दिए । त्यस्तै पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको उनले बताए । त्यस्तै मन्त्रीपरिषद्ले एसिड आक्रमणका घाइते जेनी खड्का र मुस्कान खातुनको उपचार खर्चका लागि जनही तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ भने प्रहरी अतिरिक्त महानिरिक्षकको सरुवा गर्ने निर्णय पनि गरेको छ । बैठकले नेपाल ट्रस्ट पहिलो शंसोधन नियमावली २०७६ स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै बैठकले उपरथी प्रभुराम शर्माको पदावधी १ बर्ष २ महिना १५ दिन थप्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिए । पत्रकार सम्मेलनमा बाँस्कोटाले आफूले १२ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित गर्न पत्रकारलाई चुनौती दिए । उनले आफूले भ्रष्टाचार गरेको विषयमा छानबिन गर्न बाहिरी शक्ति ल्याउन पनि चुनौती दिए। पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारी तिब्र पारिएको बताए । बाँस्कोटाले सी विचारधारामाथि भएको छलफललाई अनावश्यक प्रचार गरिएको भन्दै असन्तुष्टि जनाए
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update