हिमाल दैनिक
मन्त्रीहरुको काम कारवाहीप्रति प्रम ओली असन्तुष्टि
samikchya baithak
प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट कार्यान्वयन हुने गरि काम गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा बिहिबार बसेको मन्त्रालयगत प्रगति समिक्षा बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रालयगत काम कारवाहीप्रति असन्तुष्टि जनाउदै छिटो भन्दा छिटो बजेट कायानर््वयन गर्ने गरि काम गर्न निर्देशन दिएका हुन् । बैठकमा उनले पहिलो दुई महिनाको मन्त्रायगत कामकारवाही तिव्र गतिमा अघि बढ्न नसकेको बताएका थिए । प्रधानमन्त्री ओलीले मन्त्रीहरुको जिम्मेवारीलाई तदारुकताका साथ अघि बढाउन पनि निर्देशन दिए । उनले मुलुकको बिकासको बाटोमा अघि बढिरहेको भन्दै यसमा कर्मचारीहरु र सरोकारवाला सवै क्षेत्र तिव्र रुपमा गम्भीर भएर लाग्नुपर्ने धारणा पनि राखे । सबै मन्त्रालयको मन्त्री, सचिव लगाएत सहभागी बैठकमा सचिवहरुले मन्त्रालयगत काम कारवाही र बजेटको कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराएको बैठकपछि कृषिमन्त्री चक्रपाणी खनालले जानकारी दिए । त्यस्तै बैठकमा बजेट कार्यान्वयनमा देखिएको नीतिगत समस्याका बारेमा पनि अवगत गराइएको मन्त्री खनालले बताए । यसअघि चौमासिक रुपमा मन्त्रालयगत प्रगति समिक्षा हुने भएपनि प्रधानमन्त्री ओलीले पहिलो दुई महिनाकै मन्त्रालयगत प्रगतिका बारेमा छलफल गरेका हुन् ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update