नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र प्राप्तिका लागि योगदान गरेका योद्धाहरुको उचित सम्मान गर्न नसकिएको बताएका छन्।
कांग्रेसका नेता एंव पूर्वमन्त्री स्वर्गीय मार्शल जुलुम शाक्यको ८० औं जन्मजयन्ती एवं प्रतिमा अनावरण कार्यक्रममा बिहीबार सभापति देउवाले प्रजातन्त्र ल्याउन योगदान गरेका अमूल्य निधिहरुकै उचित कदर हुननसक्नु दुःखद विषय भएको प्रतिक्रिया दिए।
उनले जनताको अधिकार र प्रजातन्त्र प्राप्तिको लागि याेद्दाहरूले गरेको अतुलनीय योगदानको बारे युवापुस्तालाई अवगत गराउने गरी आफुले छिट्टै विशेष योजना ल्याउने जानकारी पनि दिए।
पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको स्मृतिमा ‘स्मृति ग्रन्थ’ निकाल्ने तयारी भइरहेकाे जानकारी उनले दिए। सभापति देउवाले पार्टीमा ठूलो त्याग र तपस्या गरेका नेताहरुको पहिचान गर्न तत्काल अध्ययन कार्यलाई अघि बढाउने प्रतिवद्धता समेत जनाए।
सभापति देउवाले पूर्वमन्त्री शाक्यको प्रजातन्त्र प्राप्तिको लागि गरेको योगदान विशिष्ट रहेको बताए।
ओम बहालको मिमनमी बहालस्थित स्वर्गीय शाक्यको निवासमा प्रतिमा स्थापना गरिएको हो। तत्कालिन राजा स्वर्गीय महेन्द्रले २०१७ सालमा प्रजातन्त्रमाथी ‘कु’ गरेपछि स्वर्गीय शाक्यले राजाको बिरुद्ध आन्दोलनमा देखाएको साहस, निडर र नेतृत्वको प्रशंशा हुने गरेको छ।
शाक्यको जन्म बि।स।१९९६ मा जन्म भएको थियो भने बि।स।२०७४ सालमा ७८ सालको उमेरमा निधन भएको थियो ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय