नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
कांग्रेस सभापति देउवाले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको फोटोसहितको सन्देशमा बिहीबार बिहान राजदूत बेरीसँग आफ्नै निवास बुढानिलकण्ठमा भेटवार्ता भएको बताएका छन्।
‘भेटमा नेपाल . अमेरिका सम्बन्धलाई थप मजबूद बनाउने र दुई देशबीचको दशकौंदेखिको विकास साझेदारी अझ प्रभावकारी रुपमा अघि बढाउने लगायतका आपसी हितका विषयमा छलफल भयो,’ देउवाले आफ्नो फेसबुकमा भनेका छन्।
पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र त्यसको नेतृत्वमा रहेको सरकारले लोकतान्त्रिक राजनीतिक दर्शनभन्दा पृथक राजनीतिक सिद्धान्तमा अघि बढिरहेको उत्तरको छिमेकी राष्ट्र चीन र त्यहाँका राष्ट्रपति सि जिनपिङको नीतिलाई अंगिकार गर्न उद्दत रहेपछि पश्चिमा राष्ट्रहरुको नेपालप्रतिको दृष्टिकोणमा बदलाब आउन सक्ने आशंका बढेर गएको छ।
यहिबीचमा अमेरिकी राजदूतले कांग्रेस सभापति देउवासँग गरेको भेटवार्तालाई निकै अर्थपूर्ण ढंगले हेरिएको छ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय