हिमाल दैनिक
जनताको बिश्वास जितेर नेकपा सरकारमा छ: नेता नेपाल
madhab kumar nepal nekapa himal-dainik
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा पार्टीले काम गरिरहेको बताएका छन् । बुधबार काठमाडौंमा नेकपा बिदेश बिभागले आयोजना गरेको कार्यक्रममा नेता नेपालले आफ्नो पार्टीले निर्वाचनको माध्यमबाट जनताको विश्वास लिएर सरकारमा आएको समेत बताए । त्यस्तै उनले नेकपाको सरकार निरंकुश हुनै नसक्ने समेत स्पष्ट पारे । उनले लोकतन्त्रलाई अझै बलियो बनाउनका लागी नेकपाको सरकारको ध्यान गएको बताए। लोकतान्त्रीक पद्धतीमार्फत नेकपालाई जनताले विश्वास गरेकै कारण अव नेकपाको सरकारले जनता केन्द्रित काम गर्ने उनको भनाई छ । मानवअधिकारको रक्षा र जनताको अधिकारका लागी नेकपाले कुनै सम्झौता नगर्ने उनले स्पष्ट पारे । नेता नेपालले नेकपा मुलुकको शान्ति र समृद्धिका लागी पनि अघि बढेको जनाए ।
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update