हिमाल दैनिक
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी महन्थ ठाकुरले सम्हालेका छन् । संयोजक ठाकुरले आजदेखि अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी लिनुभएको राजपाले विज्ञप्तिमार्फत जनाएको हो । राजपाको आइतबार भएको अध्यक्षमण्डलको बैठकले ठाकुरलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो । राजपाको हरेक दुई महीनामा नेतृत्व फेरिने व्यवस्थाअनुरुप ठाकुरले नेतृत्व पाएका हुन् । यसअघि अध्यक्षमण्डलको संयोजक राजकिशोर यादव थिए। तराई–मधेश केन्द्रित छ राजनीतिक पार्टी एकीकरण भएर गठन भएको राजपा अध्यक्षमण्डलमा सबै पार्टीका अध्यक्ष रहेका छन् । एकताको महाधिवेशन नभएसम्म चक्रीय प्रणालीअनुरुप नेतृत्व लिने राजपाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update