हिमाल दैनिक
नाम कम्युनिष्ट, काम हिजै निरंकुशतावादी जस्तै भयौ: अध्यक्ष दाहाल (भिडियो सहित )
prachanda himal-dainik
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्धितीय अध्यक्ष पुष्पकमल दाहालले नेपालका कम्युनिष्टहरु कम्युनिष्टजस्ता नभएको बताएका छन्। तत्कालीन नेकपा एमालेकी नेतृ सहाना प्रधानको पाँचौँ स्मृति दिवसका सन्दर्भमा सोमबार पार्टी कार्यालय धुम्ब्रबाराहीमा आयोजित कार्यक्रममा उनले विचार र सिद्धान्तका हिसाबले कम्युनिष्ट कमजोर बन्दै गइरहेको बताए। दाहालले कम्युनिष्टहरु आदर्श र निष्ठाबाट बिचलित हुँदै गएकाले नेपालका कम्युनिष्टहरु कम्युनिष्टजस्तो नभएको प्रष्ट दोहोर्याए। आफूले बोलेका कुराले दोहोरो अर्थ लाग्नेगरी चर्चा हुने गरेको भएपनि आफुले बोल्ने कुरा सत्य नै हुने उनको भनाइ थियो। आफूलाई नेपालको एकमात्र सच्चा कम्युनिष्ट र आफ्नो पार्टीमात्रै सच्चा कम्युनिष्ट पार्टी भएको भन्दै विगत तीन/चार दशकदेखि कम्युनिष्ट राजनीतिमा लागेका दाहाल स्वयंले नेपालका कम्युनिष्ट कम्युनिष्ट जस्तो नभएको भनेपछि यसले आम जनता र कार्यकर्तामा अन्यौलता थपिने सम्भावना देखिएको छ। उनले पछिल्लो समयमा कम्युनिष्ट पार्टी र अन्य पार्टी छुट्याउनका लागि जनतालाई गाह्रो पर्ने अवस्था आएको पनि बताए। दाहालले जनताको चाहनाअनुसार सरकारले काम गर्न नसकेको पनि स्वीकार गरे। दुई ठूला कम्युनिष्ट पार्टी एकतावद्ध भएपछि पनि कम्युनिष्ट पार्टीले गति लिन नसकेको भन्दै त्यसका लागि नेतृत्वकै कमजोरी रहेको उनको भनाई छ। अध्यक्ष दाहालले गुटैगुट बनाएर आपसमा लड्न पार्टी एकता नगरेको पनि जिकिर गरे। कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले मुलुक नयाँ युगमा प्रवेश गरेको भन्दै समाजवादभन्दा अन्य विकल्प नभएको बताए। सहानाका छोरा उमेश श्रेष्ठले बर्षमा एक दिन गरिने सरकारी श्राद्धले साहना प्रधानको सपना पुरा नहुने बताए। https://www.facebook.com/himaldainik/videos/1256441921195520/
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update