हिमाल दैनिक
संसदीय समितिमा पार्टीका सदस्यहरुको भूमिका प्रभावकारी बनाउन उद्देश्य र सदस्यहरुकै चाहना बमोजिम प्रमुख सचेतक बालकृष्ण खाणले गरेको हेरफेरबारे नेपाली कांग्रेसकै कतिपय पार्टीभित्रैका नेताहरुले नकरात्मक टिप्पणी गरेपछि सांसद सदस्यहरु बाध्य भएर खण्डन गर्न व्यस्त भएका छन्। खासगरी संसदको विकास तथा प्रविधि समितिमा रहेका पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यवस्थताका कारण उक्त समितिको बैठकमा नियमित उपस्थित हुन र पार्टीको तर्फबाट सक्रिय भूमिका निर्वाह गर्न कठिनाई भएपछि सचेतक खाणले देउवाको स्थानमा संसदमा सक्रिय भूमिका निर्वाह गर्दै आएका संजय गौतमलाई पठाएका थिए। कानून, न्याय तथा मानव अधिकार समितिका सदस्य गौतम र विकास समिति सदस्य देउवाबीच समिति अदल÷बदलको विषयलाई लिएर केही नेताहरुको हवला दिँदै संचारमाध्यमले आलोचनात्मक प्रतिक्रिया दिएपछि गौतमले त्यसको खण्डन गरेका छन्। प्रमुख सचेतक खाणले गौतमकै चाहना र आग्रहमा विकास समितिमा पठाएको विषयमा यसरी आएको समाचारप्रति गौतमले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले भनेका छन्, ‘मेरा पूर्ण सहमतिमा कानून समितिबाट विकास तथा प्रविधि समितिमा स्थानान्तरण गरिएको हो।’ उनले समितिमा भएको हेरफेर र त्यसबार गरिएको प्रचारवाजी भ्रम फैलाउने र पार्टी र पार्टी नेतृत्वलाई बदनाम गराउने उद्देश्यले गरिएको भन्दै त्यसको खण्डन पनि गरेका छन्। पछिल्लो समय संसदीय समितिहरुमध्ये सबैभन्दा प्रभावकारी समितिका रुपमा लेखा, राज्य व्यवस्था समिति पश्चात विकास समितिको नाम आउने गर्दछ। विकास समिति अन्र्तगत भौतिक योजना, सूचना तथा प्रविधि जस्ता महत्वपूर्ण मन्त्रालयहरु पर्दछन्। त्यसैगरी अर्का सदस्य देवप्रसाद तिमिल्सिनालाई पनि उनैको चाहना प्रमुख सचेतक खाणले कृषि, जलस्रोत तथा उर्जा समितिमा खटाएका छन्।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update