हिमाल दैनिक
देशभरी व्याप्त डेंगु रोग महामारीको विषयलाई लिएर सत्तापक्षकै सांसदहरुले समेत उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको झाँको झारे। आइतबार र सोमबार बाँकेको घटनालाई लिएर अबरुद्ध हुन पुगेको प्रतिनिधि सभाको बैठक बुधबारदेखि सुचारु भएपछि डेंगु रोगबारे जरुरी सार्वजनिक महत्वको वक्तव्य दिन रोष्ट्रममा पुगेका मन्त्री यादवले दिएको जवाफबाट प्रतिपक्षी दलमात्र होइन स्वयं सत्तापक्षकै सांसदसमेत सन्तुष्ट हुन सकेनन्। संसदीय नियमावली अनुसार प्रश्नोत्तरका क्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु विरोध खतिवडा, कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठदेखि कांग्रेस सांसद पार्वती डिसी चौधरीसम्मले मन्त्रीले जनताको समस्याभन्दा गैरजिम्मेवारपनका कारण विदेश सयरमा मस्त रहेको आरोप लगाए।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update