हिमाल दैनिक
संसदीय व्यवस्थामा संसदको अविभावक भनेकै सभामुख हो। जसले सदनभित्र रहेका सबै सदस्यहरुको भावनालाई समुचित न्याय गर्दै सदनको कारबाही सुचारु गर्ने कार्य कौशलता देखाउँछ। त्यो कुशलताको अपेक्षा वर्तमान संसदले राख्नु अस्विभाविक होइन। तर, पछिल्लो समय नेपालको संसदमा सभामुखको रुपमा रहेका कृष्णबहादुर महराको कार्यशैली र कुशलता हेर्यो भने त्यसबारे टिप्पणी गर्दा उनीमाथिको भन्दा पनि संसदीय मूल्य, मान्यता र परम्पराविपरित गएको भन्न बेर लाग्दैन। हुनत पछिल्लो संसदको गठन पश्चात सभामुखको जिम्मेवारी सम्हालेका महराले एक होइन अनगिन्ती कमजोरी गर्दै र दोहोर्याउँदै आएका छन् जसको कारण सिंगो संसदीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ। तर, सोमबार अपरान्ह ३ बजेका लागि तय गरिएको बैठक सुचारु गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, सत्तापक्षका नेता र सभामुखबीच सहमतिका साथ आजको बैठक सुचारु गर्ने तयारी भएको थियो। कांग्रेस नेता गगनकुमार थापाका अनुसार, बाँकेको घटनाबारे आइतबार साँझ बाँकेमा प्रशासनले किटानी जाहेरी लिइसकेको अवस्थामा आजको बैठकमा सुरुमा कांग्रेस सचेतक पुष्पा भुषालले पार्टीको तर्फबाट बोल्ने र त्यसपछि सभामुखले त्यसबारे सरकारको ध्यानाकर्षण गराउँदै रुलिङ गर्ने भनिएको थियो। यसका अतिरिक्त आजको बैठकमा सून्य समय पनि राखिएको थिएन। ‘सचेतक भुषालले बोलेपछि सभामुखजीले रुलिङ गरी विशेष समय सुरु गर्नु भएको भए आजको सदन सूचारु हुन सक्ने थियो। जहाँ सत्तापक्षका सदस्यहरुले बाँकेको विषयमा आफ्ना धारणा विशेष समयमा निर्विवाद राख्न सक्नु हुने थियो,’ थापाले भने। यसरी समय र कार्यसूचिको व्यवस्थापन सभामुखले गरेको भए विशेष समयमा सत्तापक्षबाट बोल्ने सदस्यहरुले जे भनेपनि कांग्रेसले बिचमा अवरोध गर्न सक्ने अवस्था नै आउने थिएन भन्ने थापाको बुझाइ छ। तर, सभामुखले सरकारको ध्यानाकर्षण नगराई बीचमै सत्तापक्षका सांसदलाई बोल्न समय दिएर घटनाकोबारेमा जसरी सांसद नन्दलाल रोका क्षेत्रीको अभिव्यक्ति आयो यसले सदनको वातावरण धमिल्याएको भन्दै सांसद थापाले आजको बैठक विथोलिनुमा सभामुख जिम्मेवार भएको बताए।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update