हिमाल दैनिक
पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले शनिबार साँझ काठमाडौँ फर्किन लागेको बुद्ध एयरका जहाज एक घण्टा रोकेको भन्दै जहाजका यात्रुहरु उनीविरुद्ध खनिएका छन्। कैलालीको टिकापुरमा आयोजित कार्यक्रममा सहभागी भएर राजधानी फर्कने क्रममा नेपालगञ्जस्थित विमानस्थलमा ढिलोगरी पुगेका पर्यटन मन्त्री भट्टराइको कारण जहाज राजधानी फर्किन ढिला भएपछि जहाजमा बसेका यात्रुहरु उनीमाथि खनिएका हुन्। जहाज उडानको पर्खाइमा बसेका यात्रुहरु मन्त्री भट्टराई आएर आफ्नो सिटमा बसेपछि आक्रोसित हुँदै कहिले प्रधानमन्त्री आउने प्लेन दुइघण्टा रोकिदिने कहिले मन्त्रीले ठप्प पार्ने? टाइमको ख्याल छैन? भन्दै यस्तो त पञ्चायतमा पनि हुँदैनथ्यो भनि यस्तो किन गरिरहेको भनि आक्रोस व्यक्त गरे। यसरी मन्त्रीमाथि सर्वसाधारण यात्रुहरु खनिएर सरकार र सरकारका मन्त्रीहरुको रवैयाप्रति सर्वसाधारण यात्रु जाइलागेपछि केही यात्रुले त्यसको आफ्नो मोबाइलबाट भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरे जुन मध्यरातदेखि नै भाइरल भएको छ। https://www.facebook.com/himaldainik/videos/440456409901706/?t=3 त्यसरी विमानभित्र सर्वसाधारणको आक्रोस खेप्न परेपछि मन्त्री भट्टराइले आफ्नो फेसबुकमार्फत आफूमाथि जाइलाग्ने यात्रुहरुमध्ये कतिपय व्यवस्था विरोधी भएको आक्षेप लगाएका छन्। उनले आफू कैलालीको टिकापुरमा आयोजित डल्फिन महोत्सव कार्यक्रम सकेर धनगढीबाट उड्ने बुद्ध एयरको अन्तिम उडानबाट फर्कने योजनामा रहेको भएपनि कार्यक्रममा केही ढिलाई भएपछि आफूले बुद्ध एयरको नेपालजञ्जबाट उड्ने अन्तिम उडान केहि ढिला गरिदिन भनेको बताएका छन्। यसरी आउने क्रममा केही समय ढिला भएको कुरा स्वीकार गर्दै मन्त्री भट्टराइले सबै यात्रु बोर्डिङ भएको १५ मिनेटमा आफ्नो टिम पनि जहाजमा बोर्डिङ भएको र यसरी हतारमा राजधानी फर्कनुको मुख्य कारण आइतबारको प्रतिनिधि सभामा आफूले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको कारण बताएका छन्। यसरी जहाजमा आक्रोस पोख्नेमध्ये ३/४ जना रहेको र त्यीमध्ये ‘एकजनाले पारसकाविरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुःख दिएको छस्? त्यो हामीले कहाँ बिर्सेका छौँ र? सम्म भने। त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहाले।’ उनले बुद्ध एयर र यात्रुहरुले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त समेत गरेका छन्।
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update