हिमाल दैनिक
बाँके घटनाको विरोधमा कांग्रेसद्धारा माइतीघरमा प्रदर्शन
Congress birod
नेपाली कांग्रेसले जागरण अभियानका क्रममा बाँकेमा जिल्ला सभापति किरण कोइराला लगायतका कांग्रेस कार्यकर्तामाथि भएको आक्रामणको बिरोधमा शनिबार काठमाडौंको माइतिघरमा विरोध स्वरुप धर्ना दिएको छ। उक्त घटनाका दोषीलाई कडा भन्दा कडा कारवाही गनुपर्ने भन्दै काग्रेसका नेता, सांसद र भातृसंगठनले माइतिघरमा धर्ना दिएका हुन्। उक्त आक्रमणको घटनालाई प्रवृत्तिको रुपमा चित्रण गर्दै काग्रेसले त्यसविरुद्ध आन्दोलन सुरु गरेको हो। मुलुकमा सवै नागरिकको सुरक्षा हुनुपर्ने भन्दै धर्नामा सहभागीहरुले सरकारको विरुद्धमा नारावाजी गरेका थिए। उनीहरुले तत्काल दोषीलाई नियन्त्रणमा लिई कडा कारवाही गर्नुपर्ने माग अघिसारेका छन्। कांग्रेसमाथिको आक्रमण लोकतन्त्रमाथिको आक्रमण भएको भन्दै दोषीलाई कारवाही नभए थप दबाबमूलक विरोधका कार्यक्रम चर्काउने काग्रेस नेताहरुले जनाएका छन्। धर्नामा काग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले काग्रेसको कार्यक्रममाथि सत्तारुढ दलले नै दमनको नीति लिएको भन्दै विरोध स्वरुप आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए। यसअघि काग्रेसका नेताहरुले शनिबार नै गृहमन्त्री राम बहादुर थापालाई भेटी दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका थिए। बिहीबार नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनुभएका सभापति किरण कोइराला लगायतका काङ्ग्रेस कार्यकर्तामाथि युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update