हिमाल दैनिक
कम्युनिष्ट नेतृत्वको सरकार नै व्यवस्थाप्रति वितृष्णा फैलाउन लाग्योः पौडेल
RC Poudel in Kirtipur
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट नेतृत्वको सरकार नै वर्तमान व्यवस्थाप्रति वितृष्णा फैलाउन उद्धत भएको आरोप लगाएका छन्। बी.पी. जयन्तीको असरमा कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बौल्दै पौडेलले दुई तिहाइको सरकारले केही काम गर्न नसक्दा आम नागरिकमा राजनीतिप्रति वितृष्णा बढेको र त्यसले अन्ततः व्यवस्थामाथि नै खतरा उत्पन्न हुने आशंका व्यक्त गरे। पौडेलले भने, ‘सरकारले समाजवादको मुल मर्म नै बुझेन। कृषिलाई केन्द्रमा राखेर नीति बनाउन आवश्यक थियो। त्यो गर्नै सकेन। भ्रष्टचारबाट आजित जनतालाई राहत दिन सकेन्। अझ नेताहरु नै भ्रष्ट भएपछि कर्मचारीले भ्रष्टाचार गर्ने नै भए। यी कारणले राजनीतिबाट जनतामा वितृष्ण फैलिन सुरु भएको हो। यस्तो अवस्थामा व्यवस्थाप्रति नै वितृष्ण बढ्दै गएर व्यवस्था नै खतरामा पर्छ। सरकार अहिले जानी जानी व्यवस्थाप्रति नै वितृष्णा फैलाउन लागेको हो कि भन्ने शंका उत्पन्न हुन थालेको छ।’ पौडेलले कांग्रेसको जागरण अभियानमा काम भन्दा बढि प्रचारमुखी भएको टिप्पणी गरे। उनले भने, ‘जागरण अभियान संगठनात्मक हुन नसक्नु दुर्भाग्यपूर्ण हो। तर, जागरण अभियानले संगठनलाई केन्द्रमा राख्न सकेको छैन्। पार्टी संगठनलाई मुल मर्ममा राखेर निर्वाचित जनतप्रतिनीधिले काम गर्न जरुरी छ।’ वरिष्ठ नेता पौडेलले कांग्रेसको सिद्धान्तको जीत भएपछि संगठनले हारेको भन्दै जागरण मार्फत हारेको संगठनलाई पुर्नजिवित बनाउनुपर्ने बताए। उनले भने, ‘संविधानमा हामीले लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समाजवादको व्यवस्था गरेका छौ। यो भनेको हामीले भन्दै आएको बी.पी. कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद हो। लोकतान्त्रिक मूल्य, मान्याता नभएको समाजावाद भनेको साम्यवाद हो। बी.पी. कोइरालाले यही भन्नुभएको थियो। संविधान बनाउँदा हामीले हाम्रो सिद्धान्तको कुरा राखेका छौ। यो हाम्रो सिद्धान्तको जीत हो। तर, अहिले हाम्रो संगठन हारेको छ। सिद्धान्त जित्ने संगठन हार्ने किन भयो? यसको समिक्षा हुन जरुरी छ।’ नेता पौडेलले गुठी विधेयकका बेलामा माइतीघरको जनप्रर्दशन र रवि लामिछानेका पक्षमा चितवनमा भएको प्रर्दशन भनेको अहिलेको सरकारसंगको असंतुष्टी भएको बताउँदै अहिले जनताले आधार खोजेका बताए। उनले यो विषयमा कांग्रेस गम्भीर भएर सोच विचार गरिकन अगाडि बढ्न जरुरी भएको बताए। ‘बी.पी. कोइरालाले राजनीतिमा भएको असमानता हटाउनु भयो। संस्कृति मार्फत हुने असमानतालाई हटाउनका लागि जेहाद छेड्नुभयो। तर, अहिले असमतानता भनेको गुणस्तरिय शिक्षा र प्रविधिमा असमनता छ। गाउँमा रोजगारी र आम्दानीको व्यवस्ता गर्न जरुरी छ। यो विषयमा नेताहरु क्रियाशिल हुन जरुरी छ। बी.पी. कोइरालाले आम नागरिकलाई आफु सरहको बनाउँछु भनेर राजासंग लड्नु भएको थियो। मान्छेलाई मान्छेको रुपमा हेर्नु नै समाजवाद हो भनेर भन्नुभएको थियो। उहाँले मानव केन्द्रीत विकास हुन जरुरी छ भन्नुभएको थियो। अहिले पनि विकासको आधार भनेको जनता केन्द्रीत हुनुपर्छ। अहिले कम्युनिष्ट सरकारले नयाँ वर्ग जन्माउन खोज्दैछन्। निमुखालाई न्याय र विपन्नलाई आय नै अहिलेको मुल नारा हुन जरुरी छ।’
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update