सरकारले डेंगुको संक्रमण नियन्त्रण बाहिर नगएको दाबी गरेको छ ।मन्त्रीपरिषद्का निर्णयबारे जानकारी दिन बिहिबार सिंहदरबारमा पत्रकार स्म्मेलन गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले डेंगुको संक्रमण नियन्त्रण बाहिर नगएको दाबी गरेका छन् । ४५ जिल्लाका करिब ७० हजार नेपाली डेंगुबाट प्रभावित भएको र २० जना भन्दा धेरैले ज्यान गुमाइसकेको अवस्थामा मन्त्री बास्कोटाले सरकारले काम गरि नै रहेको दाबी गरे ।
वैशाखदेखि डेंगु फैलिएको भन्दै उनले सरकारलले काम गरिरहेको बताए । मन्त्री बास्कोटाले डेंगुबाट विश्वका तीन अर्ब मानिस जोखिममा रहेको विश्व स्वास्थ्य संगठनको भनाइ उद्धृत गर्दै सरकारले नागरिकको उपचारको स्रोत साधन मिलाइरहेको बताए । उपचारका स्रोत र साधन मिलाउने काम भइरहेको भन्दै उनले सरकारी प्रयासले मात्रै यो सम्भव नहुने बताए । उनले नेपाली राष्ट्रिय गानको बिषयमा अतिञ्जित गर्न नहुने बताए।
मन्त्रीपरिषद् बैठकले बालुवाटार जग्गा प्रकरणको छानविन गर्न बनाएको समितिको म्याद थप गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको छानविन समितिको म्याद असोज २८ सम्मका लागि थप गरेको हो । बैठकले काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्व मनाउनका लागि सरकारले अक्षय कोष बनाउने निर्णय गरको प्रवक्ता बास्कोटाले जानकारी दिए । बैठकले बिभिन्न मन्त्रालयमातहतका आयोजनाका लागी दरवन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको प्रवक्ता बास्कोटाले जानकारी दिए ।
त्यस्तै मन्त्रीपरिषद् बैठकले बिभिन्न कार्यक्रमका लागी एसियाली बैंकबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय