हिमाल दैनिक
भारत र चीनसँग सत्तारुढ दलका नेता दाहालले देखाए असन्तुलित व्यवहार
prachanda-Wang li
भारतीय विदेशमन्त्री एस जयशंकरसँग प्रोटोकल अनुसार होटलमा गएर भेट्न अस्विकार गरेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका द्धितीय अध्यक्ष पुष्पकमल दाहाललाई चिनियाँ विदेशमन्त्री वाङ लीसँग भेट्दा भने प्रोटकल र मर्यादाको पर्खालले छेक्नै सकेन। यसरी भदौको पहिलो साता नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्रीलाई भेट्न नगएका सत्तारुढ नेकपाका नेता दाहाल मंगलबार चीनका विदेशमन्त्रीलाई भेट्न पुगेर दक्षिणको भारत र उत्तरको चीनप्रति उनी र उनको दलको असन्तुलित व्यवहार छताछुल्ल बनाए। भदौ पहिलो साता नेपालको दुई दिने भ्रमणमा नेपाल आएका भारतीय विदेशमन्त्री जयशंकरसँग पूर्वप्रधानमन्त्रीहरुको शिष्टाचार भेटवार्ताका लागि राजधानीकै होटल द्धारिकामा समय मिलाइएको थियो। तर, त्यतिबेला सत्तारुढ नेकपाका द्धितीय अध्यक्ष दाहालले आफ्नो पोर्टफोलियो अनुसार विदेशमन्त्री जयशंकरलाई उक्त होटलमा गएर भेट्न नसक्ने भन्दै भेट्न गएनन्। तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र समाजवादी पार्टीका नेता बाबुराम भट्टराइले उक्त होटलमा आफ्नो पार्टीका प्रतिनिधिसहित उनीसँग होटलमा गएर भेट गरेको विषयमा सत्तारुढ दल नेकपाका कतिपय नेताहरुले आलोचना गरेका थिए। तर, त्यसको तीन हप्ता पनि वित्न नपाउँदै नेकपाका द्धितीय अध्यक्ष दाहाल मंगलबार चिनिया विदेशमन्त्री वाङ यीलाई भेट्न बिहानै नक्सालस्थित होटल मेरियटममा पुगे। चिनियाँ विदेशमन्त्री वाङसँगको भेटपछि दाहालले दुई देशबीच रहेको द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने विषयमा छलफल भएको जानकारी दिए। नेपालको आर्थिक विकासको प्रयासमा चीनबाट र चिनियाँ जनताका तर्फबाट हुने सहयोग र नेपालको अपेक्षाबारेमा कुराकानी भएको उनले बताए। दाहालले चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणबारे छलफल भएको पनि जानकारी दिए। तर, तीन हप्ताअघि भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्ने सवालमा प्रोटोकल र मर्यादा सम्झिएका दाहालले चिनियाँ विदेशमन्त्रीसँग होटलमै पुगेर भेट्दा भने त्यो प्रोटोकल र मर्यादामात्र होइन पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दलका द्धितीय अध्यक्षको पोर्टफोलियो सम्झिए कि बिर्सिए भन्ने तस्वीर आफैँ बोल्छ कि।
प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update