हिमाल दैनिक
चीन सरकारले मनाङमा अस्पताल बनाइदिने
gyawali-wang yi
नेपाल र चीनको विदेशमन्त्रीस्तरीय संयन्त्रको बैठकमा बिभिन्न तीन सम्झौता भएको छ । काठमाडौंको एक होटलमा उच्चस्तरीय वार्तापछि चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । दुइदेशबीच भएको पहिलो सम्झौता मनाङमा अस्पताल बनाउने छ । करिव ३५ करोड रुपैयाँ लागतमा चीनले अस्पताल बनाइदिने सम्झौता भएको हो । त्यस्तै चीनले नेपाललाई आपतकालिन अवस्थाको तयारी स्वरुप ५ हजारवटा पाल दिने सम्झौता भएको छ भने नेपालमा चिनियाँ भाषा पढाउनका लागि स्वयंसेवक शिक्षक पठाउने सम्झौता भएको छ । बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीको टोलीका साथ नेपाली समकक्षी ज्ञवालीसहित अर्थमन्त्री डा. युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लिलामणी पोखरेल, परराष्ट्र सचिव शंखर वैरागी, मन्त्रालयमा चीन मामिला हेर्ने सहसचिव काली पोखरेललगायतको उच्च पदस्थ अधिकारीहरुको सहभागीता रहेको थियो । यसअघि सोमबार चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाली समकक्षी प्रदीप ज्ञवालीबीच पनि छलफल भएको थियो । चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार काठमाडौं आएका थिए।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update