हिमाल दैनिक
जिवित छँदै समाजवादको नेपाली मोडल विश्वलाई देखाउँछौँः दाहाल
Pro_Ktm_Prachanda_(2)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्धितीय अध्यक्ष पुष्पकमल दाहालले आफु जिवित छँदै विश्वलाई नेपाली समाजवादको मोडल प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। शनिबार काठमाडौंमा नेकपा भक्तपुर जिल्ला सचिव डिपी ढकालद्वारा लिखित पुस्तक पुँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रमको सार्वजनिकिकरण समारोहमा बोल्दै अध्यक्ष दाहालले आम नेता कार्यकर्तालाई समेत समाजवादको बाटोमा लाग्न अपिल गरे। नेपालमा समाजवादी मोडल कस्तो हुने भन्ने ग्रेट डिबेटमा नै रहेको उनको भनाई छ। उनले दलाल पुँजीवाद र नोकरशाही पुँजीवादका अघि आत्मसर्मपण गर्ने वा समाजवादी कित्ता बनाउने भन्ने बिषयमा लडाइ जारी रहेको बताए। उनले समाजवादी कित्तामा उभिन अपिल गर्दै नेपालबाट नयाँ समाजवादी मोडल दिन सक्ने धारणा राखे। कार्यक्रममा ऊर्जामन्त्री बर्षमान पुनले मुलुकको आर्थिक बिकास समाजवादको मोडलअनुसार अघि बढ्ने धारणा राखे। उक्त पुस्तक अर्थ राजनीतिसँग चासो एवं सरोकार राख्ने बौद्धिक वर्गका व्यक्तिदेखि अध्येताहरुका लागि निकै उपयोगी मानिएको लेखक ढकालले बताए। कूल ४०७ पृष्ठ रहेको पुस्तकमा समाजवादी राष्ट्र सोभियत सङ्घ, चीन र क्युवादेखि पूँजीवादी देश अमेरिका, स्वीट्जरल्याण्ड र भारतसम्मको अर्थ राजनीतिक विकासक्रमबारे स–विस्तार चर्चा गरिएको ढकालले जानकारी दिए।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update