हिमाल दैनिक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव पार्टीमा अन्र्तघात गर्ने अन्र्तघातीलार्ई कुनै पनि हालतमा कारबाही गरी छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भक्तपुरको बोडेमा शुक्रबाट सुरु भएको कांग्रेसको दुईदिने प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले अन्र्तघात गर्नेलाई कारबाही गर्न आफुलाई कसैले रोक्न नसक्ने स्पष्ट पारे। प्रजातन्त्रको पुर्नबहाली लगत्तै सुरु भएको संसदीय चुनावदेखि नै सुरु भएको कांग्रेसभित्रको घात, प्रतिघात र अन्र्तघातका कारण पार्टीका कतिपय उम्मेदवारहरु अनपेक्षित रुपमा पराजित हुँदा पनि अन्र्तघात गर्ने र इमान्दारीताकासाथ पार्टीलाई जिताउन लाग्नेबीच अहिलेसम्म खासै न्यायोचित मूल्यांकन हुन सकिरहेको छैन। जसको कारण अन्र्तघातको शिकार कांग्रेस हुँदै आएको छ। टिकट पाईन भनेर एकले अर्कोलाई हराउन खोजेर काग्रेसका नेताहरुको पराजित भएको देउवाले बताए। साथै उलने अव पार्टी एकतावद्ध भई आसन्न उपनिर्वाचनमा जुट्दै उक्त चुनाव जित्नुपर्ने जिकिर गरे। स्वतन्त्र रुपमा लेख्न र बोल्ने नपाउने देशमा लोकतन्त्र फस्टाउन नसक्ने टिप्पणी गर्दै देउवाले प्रजातन्त्रमा बोल्न, लेख्न र विरोध गर्न पाउने लोकतान्त्रिक अधिकारका लागि सात सालदेखि लड्दै राणा, पञ्चायत शासन र राजा ज्ञानेन्द्रलाई हटाएको कांग्रेस सामू फेरि प्रजातन्त्रको रक्षार्थका लागि वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध लड्नु पर्ने अवस्था आइरहेको बताए। सभापति देउवाले सरकारले एकदलीय सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउदै एक भएर यसका बिरुद्ध आवश्यक परे फेरि आन्दोलनमा उत्रन तयारी अवस्थामा कार्यकर्तालाई निर्देशन पनि दिए। कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले सरकारको गलत कामलाई कांग्रेसले आवाज उठाउन नसकेको बताउदै काग्रेस सही बाटोमा हिँडे मात्रै देश सही बाटोमा हिड्ने बताए। उनले सरकारले अहिलेसम्म पनि प्रदेशको राजधानी र नामाकरणको विषय टुंग्याउन नसकेको भन्दै दुई तिहाई बहुमत पाएको सरकारले जनतालाई कुनै राहतको अनुभूति दिन नसकेको बताए। उनले आफ्नो पार्टीको सरकारले मेलाम्चीबाट २७ किलोमिटर सुरुङ खनेर सुन्दरीजल ल्याउँन बाटो खुलाइसक्दा पनि सरकारले काठमाडौंका जनतालाई पानी दिन नसक्ने मात्र होइन यो आयोजनास्थलमा जनतामाथि गोलि चलाएको आरोप लगाए। सरकारको असफलता, विक्षितता र हतासपना एक पछि अर्को गर्दै प्रष्टिएको पनि पौडेलले सरकारले भ्रष्टाचार नियन्त्रण भन्दा पनि भ्रष्टाचारीलाई संरक्षणको आधार बनेको आरोप लगाए। त्यस अवसरमा कांग्रेस उपसभापति एवं प्रतिष्ठानका प्रमुख बिमलेन्द्र निधीले पार्टीभित्र एकले अर्कोलाई गर्ने दोषारोपणबाट मुक्त हुदै कांग्रेस र जनतालाई जोड्नुपर्नेमा जोड दिए। त्यस्तै महामन्त्री शशांक कोईराला, केन्द्रीय सदस्य अम्बिका बस्नेत लगायतले कांग्रेस एक भएर अगाडि बढ्नु पर्नेमा जोड दिए। प्रदेश नं ३ का बाँकी ६ जिल्ला रसुवा, नुवाकोट, धादिड, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिका लागि मकवानपुरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको कांग्रेसले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update