नेपाली कांग्रेसको जारी केन्द्रिय समिति बैठकमा केन्द्रिय सदस्यहरुले संविधानका उपलब्धिलाई अपनत्व लिनेगरी राजनीतिक प्रस्ताव नआएको आरोप लगाएका छन्।
पार्टीका कार्यालय सानेपामा मंगबार बसको बैठकमा कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय समितिमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथिको छलफलका क्रममा केन्द्रिय सदस्यहरुले राजनीतिक प्रस्तावलाई पुर्नलेखन गर्नुपर्ने समेत बताए।
कांग्रेसको नेतृत्वमा जारी भएको संविधान, त्यसले संस्थागत गरेको परिवर्तनका मुद्दाहरु संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामा अपनत्व लिन नसकेको र सरकारसँग निराश भएका जनतालाई थप निराश बनाउने कुरा दस्तावेजमा आएको केहि केन्द्रीय सदस्यहरुको आरोप छ। अब कांग्रेस अन्तरमुखी कार्यक्रममा अल्मलिन नहुने भन्दै आम जनतालाई छुनेगरी प्रस्तुत हुनुपर्नेमा केन्द्रिय सदस्यहरुले जोड दिएका छन्।
बैठकमा भातृ संगठन लगाएत राजनीतिक र समसमायक प्रस्तावहरुमाथि केन्द्रीय सदस्यहरुले धारणा राखेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
उनले सम्मभत् केन्द्रीय कार्यसमिति बैठक आजै सकिएपछि बुधबार दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको घोषणा हुने जानकारी दिए। दोस्रो चरणमा पहिलो चरणमा गरिएका कार्यक्रमभन्दा भिन्न प्रकृतिका कार्यक्रमहरु सञ्चालन गरिने उनको भनाई छ।
कांग्रेसले भदौ २४ गते पार्टीका संस्थापन नेता वीपी कोइरालाको जन्म जयन्तिको अवसर पारेर तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्न गइरहेको छ। प्रवक्ता शर्माले तीन सय ३० प्रदेश क्षेत्रमा जाने केन्द्रीय प्रतिनिधिहरुको नामावली तयारको काम पनि भएको जानकारी दिए।
प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय