उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महत्व र गौरवका आयोजनाको प्रगतिका बारेमा मन्त्रीहरुसँग जानकारी लिएका छन्।
मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा भेला भएका सरकारका मन्त्रिहरुसँग प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियो कन्फ्रेन्समार्फत सरकारको काम कारबाहीबारे छलफल जानकारी लिएका हुन्।
प्रधानमन्त्री ओलीले नेपालस्थित कार्यबाहक प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरुसँग सरकारको कामबारेमा छलफलका क्रममा राष्ट्रिय गौरवको आयोजनामा भइरहेको प्रगति र मन्त्रायगत समस्याका बारेमा जानकारी लिएको सरकारका प्रवक्ताले बताए।
सो क्रममा प्रधानमन्त्री ओलीले प्रत्येक मन्त्रीसँग मन्त्रालयगत समस्या बुझ्दै आवश्यक निर्देशन पनि दिएको प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।
संविधान, कानून र मन्त्रिपरिषदको पुरानो कार्यविधि अनुसार, मन्त्रिपरिषदको बैठकको विषयमा भिडियोे कन्फ्रेन्सको माध्यमबाट बैठकमा सहभागी भएर जानकारी लिने र दिने कार्यले पद तथा गोपनीयताको मर्म विपरित कार्य भएको भन्दै प्रमुख प्रतिपक्षी दलले संसदमा विरोध जनाएको थियो।
भदौ ९ गते मन्त्रिपरिषदको बैठकमा भएको प्रधानमन्त्रीको भिडियो कन्फ्रेन्सको विषयले चौतर्फी आलोचना खेप्नु परेपछि त्यसलाई सच्याउन बाध्य भएका सरकारका प्रवक्ता बाँस्कोटाले आजको भिडियो कन्फ्रेन्समा छलफलमा आएका बिषयहरुलाई माइनुट नगरिएको र यो मन्त्रीपरिषद् बैठक पनि नभएको स्पष्टिकरण दिए। उनले भेन, यो छलफल र निर्देशन दिने कार्य बहसको विषय नभएको दाबी पनि गरे।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था समान्य रहेको र सम्भवत शुक्रबार नेपाल फर्कने जानकारी दिएको बाँस्कोटाले बताए।
प्रधानमन्त्री ओलीले सिंगापुरबाट टेलिप्रिजेन्स प्रविधिमार्फत् दोस्रो पकट आफ्नो क्याबिनेटका सदस्यहरूसँग संवाद गरेका हुन्।
भदौ ९ गतेको मन्त्रिपरिषदको बैठकको विषयमा कुनै निर्णय नभएको भन्दै संसदमा सरकारका प्रवक्ता बाँस्कोटाले प्रधानमन्त्रीले हलो भनेको र आफूहरुले नमस्कार फर्काएको जानकारी दिएर विवाद साम्य पार्ने कोशिश गरेका थिए।
यसैबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिष्णु पौडेल प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुरतर्फ गएका छन्।
प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय