हिमाल दैनिक
सभामुख कृष्ण बहादुर महराले नेपालमा पर्याप्त मात्रामा स्रोत, साधन र श्रम रहेकोले त्यसको प्रयोग गर्न सके छोटो समयमा धेरै उपलब्धि हासिल गर्न सकिने बताएका छन् । शुक्रबार काठमाडौंमा धनप्रसाद शर्मा पौडेलको आफ्नै भुमि, आफ्नै अनुभव पुस्तकको विमोचन कार्यक्रममा पुस्तक विमोचन गर्दै यस्तो बताएका हुन् । सभामुख महराले स्रोत, साधन र श्रममा नेपाल गरिब नरहेको भन्दै भएको स्रोत, साधन र श्रमलाई प्रयोग गर्न तीव्र इच्छा शक्तिको विकास हुन जरुरी रहेको बताए । उनले धनप्रसाद शर्मा पौडेलको आफ्नै भुमि, आफ्नै अनुभव पुस्तकमा पनि यीनै विषय समेटिएको उल्लेख गरे । त्यस्तै नेपालमा यति धेरै स्रोत, साधन र श्रम हुँदाहुदै पनि किन विकास हुन सकेन भन्ने कुरा पनि उक्त पुस्तकमा लेखिएको बताए। लेखक शर्माले आफ्नो पुस्तकमा दार्चुलामा उडुसले टोकेको अनुभवदेखि हिउँले ज्यान लर्बराएको घटनासम्म समेटिएको बताएका छन् । पुस्तक बिएन पुस्तक संसारले प्रकाशन गरेको हो ।
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update