स्पेनिस ला लिगामा भ्यालेन्सिया विजयी भएको छ । आइतबार राति भएको खेलमा भ्यालेन्सियाले मलार्कालाई २–० गोलले पराजित गरेको हो । दुवै गोल भ्यालेन्सियाले पेनाल्टी मार्फत गरेको थियो ।
भ्यालेन्सियाले घरेलु मैदानमा ४३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता बनाएको थियो । मलार्काले ५७ औं मिनेटमा गल्ती गर्दा दोस्रो पटक पनि पेनाल्टी पाएको थियो । जसमा दुवै पेनाल्टी भ्यालेन्सियाका डेनियल परेजोले गोल गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय