स्पेनिस ला लिगामा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । गेटाफेको मैदानमा भएको खेलमा उसले घरेलु टोलीलाई २–० ले हरायो ।
बार्सिलोनाको जितमा जुनियर फिर्पो र लुइस स्वारेजले एक एक गोल गरे । ४१औं मिनेटमा स्वारेजले बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल ग¥यो ।
दोस्रो हाफको चौथो मिनेटमा फिर्पोले गोल गर्दै कटलन जायन्टलाई २–० को अग्रता दिलाए ।
८२औं मिनेटमा डिफेन्डर क्लेमेन्ट लेंग्लेट रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित भयो । तर, गेटाफेले त्यसको फाइदा उठाउन सकेन र पराजित भयो ।
जितसँगै बार्सिलोनाले १३ अंक बनाएको छ । शीर्ष स्थानको रियल मड्रिडको १४ अंक छ । यद्यपी उसले बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ ।
एथलेटिक क्लब भ्यालेन्सियासँग पराजित भएको छ । विल्बाओमा भएको खेलमा भ्यालेन्सियाका लागि डेनिस चेरिसेभले २७औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
यो पराजयका कारण एथ्लेटिक क्लबले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । जितेको भए एथलेटिक १५ अंक सहित शीर्ष स्थानमा उक्लिने थियो ।
यो जितबाट भ्यालेन्सिया भने नौ अंक बनाउँदै नवौं स्थानमा उक्लिएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय