हिमाल दैनिक
नेपाल पहिलाे अभ्यास खेलमा ३ विकेटले पराजित
u-19
एसीसी यू-१९ एसिया कपकाे तयारीका लागि श्रीलंकामा रहेकाे नेपाल क्रिकेट टिम पहिलो अभ्यास खेलमा सिङहलेस क्रिकेट क्लब (एसएससी) सँग तीन विकेटले पराजित भएकाे छ । कोलम्बोमा मंगलबार भएको पहिलो अभ्यास खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो । खराब मौषमका कारण ४२ ओभरमा झारिएको खेलमा नेपालका लागि आशिफ शेखले सर्वाधिक ८८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सन्दीप जोरा ३३, ओपनर रित गौतमले ३१, पवन सर्राफ ३० रनको योगदान गरे । त्यस्तै हरि बहादुर चौहानले अविजित १८ तथा भिम सार्कीले १५ रन जोड्दा कप्तान रोहित कुमार पौडेल ८ र लोकेस बम १ रनमा पेभिलियन फर्किए । नेपालले दिएको २ सय ४१ रनको लक्ष्य एसएससीले ४२ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । नेपालले अन्तिम बलमा क्याच छाडेपछि एसएससीले रोमान्चक जित निकालेको हो  । नेपालका लागि पवन सर्राफले ३ विकेट हात पारे । यस्तै कमल सिंह ऐरीले २, सुर्य तामाङ, सगर ढकालले समान १/१ विकेट हात पारे ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update