हिमाल दैनिक
यू-१५ साफः नेपाल फाइनल नजिक, बंगलादेशमाथि ४-१ काे जित
U-15-Football-Team
साफ यू–१५ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई चार एकले हराएको छ । नेपालको जितमा कृष्ण यादवले दुई गोल गरे । जितसँगै नेपालले फाइनलको संभावना बलियो बनाएको छ । अब उसले फाइनलमा स्थान बनाउन अन्तिम खेलमा भुटानलाई हराउनु पर्नेछ । भारतको कल्याणीमा म‌ंगलबार भएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । नेपालले खेलको सुरुवातमा केहि कमजोर खेल खेले पनि विस्तारै आफ्नो प्रभाव जमाएको थियो । पहिलो ४५ मिनेट गोलरहित बराबरीमा रोकिएको नेपालले इन्जुरी समयमा अग्रता बनायो । नेपालका लागि शसांक बोहोराको स्थानमा मैदानमा प्रवेश गरेका कृष्ण यादवले गोल गर्न सफल भए । त्यसपछि ५२ औं मिनेटमा नेपालले अन्तर दुई शुन्यमा पुर्‍यायाे । नेपालका लागि सुगन जिमीले गोल गर्न सफल भए । त्यसपछि बंगलादेशले ८४ औं मिनेटमा एक गोल फर्काउन सफल भयो । उसका लागि मियाले गोल गर्दै अन्तर दुई एकमा झारे । त्यसपछि ८६ औं मिनेटमा फेरी नेपाले अर्को गोल थप्यो । नेपालका लागि प्रदिप लम्सालले गोल गर्न सफल भए । ८६ औं मिनेटमा नेपालले अर्को गोलको मौका पाएको थियो । तर सफल भएन । ८८ औं मिनेटमा नेपालले चौथो गोल थप्यो । नेपालका लागि फेरी पनि यादवले गोल गर्न सफल भए । यो जितसँगै नेपालले अंकतालिकामा तीन खेलमा छ अंक बनाएको छ । अब नेपालले फाइनलमा स्थान बनाउन अन्तिम खेल जित्नेपर्ने हुन्छ । अब नेपालले भुटानसँग खेल्नु पर्ने छ  ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update