हिमाल दैनिक
बार्सिलोना बाहेक अन्त नजाने नेयमारको धारणा
received_707960759665427
नेयमारले पिएसजीसामु आफु बार्सिलोनाबाहेक अन्त जान नचाहेको धारणा व्यतm गरेको बताइएको छ । केही समयएता ट्रान्स्फर मार्केटमा नेयमारको कुरालाई लिएर निकै चर्चाहरु भए । नेयमारलाई अनुबन्धित गर्नका लागि उनका पुर्वक्लब बार्सिलोना र रियल मड्रिडबिच निकै प्रतिश्पर्धा देखिएका थिए । बार्सिलोनाले नेयमारलाई क्लबमा फर्कउनका लागि विभिन्न प्रस्तावहरु राखेतापनि सफल हुन सकेन । बार्सिलोनाले केहीसमय अगाडि नेयमारको लागि १७२ मिलियन पाउन्ड बराबरको प्रस्तव राखेको थियो तर पिएसजीले उक्त प्रस्ताव अस्विकार गरिदिएको थियो । त्यस्तै पिएसजीले रियलले राखेको तिनजना खेलाडीसंग नेयमार साट्ने प्रस्तावलाई पनि अस्विकार गरिदिएको थियो । केहीदिन अघिमात्र फेरी बार्सिलोनाले नेयमारको लागि तेस्रो र अन्तिम प्रस्ताव राखेको बताइको छ । जसमा बार्सिलोनाले डेम्बेलेलाई समेटेको बताइएको छ । पिएसजीका डाइरेक्टर लिओनार्दाेका अनुसार नेयमारले जुनसुकै हालतमा पनि आफु पुर्वक्लब बार्सिलोना नै फर्कन चाहेको प्रतिकृया दिएको बताइएको छ । उनका अनुसार नेयमार युभेन्टस वा रियल मड्रिडमा नभइकन आफ्नो पुर्वक्लब बार्सिलोनामै फर्कन इच्छुक रहेको बताएका हुन् । बार्सिलोनाले पिएसजीसामु अन्तिम प्रस्तावको रुपमा नेयामारसंग १७० मिलियन पाउन्डका साथमा ओउस्मान डेम्बेले साट्ने प्रस्ताव राखेको बताइएको छ जबकि पिएसजीले भने नेयमारको लागि बार्सिलोनाका नेल्सन सेमेडोलाई पनि उतm सम्झौतामा समेटुन भन्ने चाहिरहेको छ । अबको ६ दिनपछि ट्रान्सफर मार्केट बन्द हुन ६ दिनमात्र बाँकी रहँदा नेयमारले आफु नोउ क्याम्पमै फर्कन चाहेको प्रतिकृया दिएको बताइएको छ । जसले नेयमार बार्सिलोनामा फर्कने सङकेत गरेको देखाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update