हिमाल दैनिक
लिग वन क्लव बुरे इंग्लिस फुटबलकाे प्रतिबन्धमा
Bury.JPG.gallery
इंग्लिस फुटबल लिगले बुरे क्लवलाई खारेज गरेको छ । लिग वन क्लव बुरेको स्वामित्व सी एण्ड एन स्पोर्टिङले लिने भनिएपनि असफल भएपनि उसलाई लिग वन लिगबाट हटाइएको छ । इंग्लिस फुटबलले बुरेलाई सुरुवाता शुक्रबारको समय दिएका थियो भने त्यसपछि मंगलबारसम्मको समय सिमा तोकेको थियो । तर दुई पटक समय दिदाँपनि कुनै सकारात्मक काम नभएपनि उसलाई लिग वन क्लवबाट हटाएको हो । सन् १९९२ पछि इएफएलबाट हटाइने बुरेपहिलो क्लव बनेको छ । सो बेला मेइडस्टोलाई आर्थिक मामलामा इएफएलबाट हटाइएको थियो । अब लिग वनमा कुल २३ टिमले प्रतिस्पर्धा गर्ने भएका छन । जसमा तीन टिममात्र रेलिगेट हुने भएका छन । इंग्लिस फुटबल लिगका कार्यकारी प्रमुख डेबी जेभान्सले आजका लागि लिगमा कालो दिन भएको बताउँदै बुरेका लागि नराम्रो भएको बताए । हामी क्लवका खेलाडी, पदाधिकारी र सम्पुर्ण समुदायलाई माफि माग्न चाहन्छौ, तर नियममा रहेर काम गर्दा यस्तो भएको उनले बताए । यस्तै बोल्टोन वान्डेरर्सलाई पनि लिग वन कमिटीले १४ दिनको समय दिएको छ । सो बेलासम्म उसको पनि स्वामित्वका काम पुरा भएन भने प्रतियोगिताबाट हटाइन सकिनेछ बताइएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update