हिमाल दैनिक
नेपाल मलेसियाको सुपर लिग च्याम्पियन दारुलसँग १–० ले स्तव्ध
Nepal-1
फिफा विश्वकप २०२२ का लागि दोस्रो चरणको प्रतिस्पर्धा गर्न लागेको नेपाली टिम यतिबेला मलेसियामा रहेको छ । भदौ १९ गते कुवेतसँग खेल्ने तयारीमा रहेको नेपाली टिमले सोमबार मलेसियाको सुपरलिग च्याम्पियन क्लब जोहोर दारुलसँग १–० ले स्तव्ध भयो । नियमित कप्तान विराज मजर्हनको ठाउँमा सुजल श्रेष्ठको कप्तानीमा खेलेको नेपाली टिमले शुरुमै गोल खान पुगेको थियो । दोस्रो मिनेटमा नेपालका सुमन अर्यालले फल गरेपछि पाएको फ्रिकिकलाई निकोलस अबर्टोले गोल गरेका थिए । सोही गोल नै दारुलले अन्तिम समयसम्म कायम राखेका थिए । नियमित कप्तान महर्जन र उपकप्तानहरु किरण चेम्जोङ र भरत खवासलाई पनि यस पटक टिममा राखिएको थिएन ।
प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update