क्रिस्टियन इरिक्सन केहि समयका लागि टोटनह्याममा नै बस्नुपर्ने भएको छ । यो समरमा आफ्नो ड्रिम क्लव रियाल मड्रिड वा बार्सिलोनामा अनुबन्ध हुने योजना असफल भएपछि आउदो जेनेवरी महिनासम्म टोटनहयमबाट नै खेल्नुपर्ने बाध्यता भएको छ ।
डेनमार्कका मिडफिल्डर इरिक्सनले प्रिमियर लिगको खेलाडी किनबेच विन्डोमा स्पेनीस क्लवमा अनुबन्धका लागि निकै प्रयास गरेका थिए । तर बार्सा र रियलले उनलाई अनुबन्धका लागि कुनै संकेत नगरेपछि उनको पर्खाई लम्बिएको हो ।
यसको अर्थ अब उनले आउदो जेनेवरीसम्म टोटनह्याममा नै बस्नुपर्ने भएको छ । टोटनह्यामसँगको सम्झौता यसै बर्ष समाप्त हुँदैछ, त्यसपछि यो सिजनको अन्तिममा उनले सोझै टोटनह्यामबाट बाहिरीने मौका पाउनेछन ।
टोटनह्यामले इरिक्सनलाई साताको दुई लाख पाउण्डको अफर गरेको थियो । क्लवमा धेरै तलव खाने खेलाडीको सूचीमा हेरी केनपछि दोस्रो स्थानमा हुन्थे । तर उनले क्लव छोड्ने निर्णयलाई कायम राख्दै पैशाले आफ्नो निर्णयलाई कुनै असर नगर्ने बताएका थिए ।
इरिक्सनले युरोपियन फुटबलको नयाँ देशमा नयाँ चुनौती भोग्ने तयारमा रहेको बताएका थिए । २०१३ मा आयाक्सबाट टोटनह्याम आएका उनले २७७ खेलमा ६६ गोल गरेका छन । त्यसअघि उनले आयाक्समा तीन बर्षमा एक सय ६२ रनमा ३२ गोल गरेका थिए ।
प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय