भारतमा जारी साफ यू–१५ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । नेपालले आज बंगलादेशलाई हराएको खण्डमा फाइनलमा पुग्ने संभावना बलियो बनाउने छ ।
भारतको कल्याणीमा हुने खेल नेपाली समय अनुसार दिउसो सवा तीन बजेबाट हुनेछ । अंक तालिकाको दोस्रो स्थानमा रहेको बंगलादेश र नेपालको खेल दुबै टिमका लागि निकै महत्वपुर्ण रहेको छ । आज बंगलादेश नेपाल विरुद्ध विजयी भएमा फाइनलमा स्थान बनाउने छ ।
यदि नेपाल विजयी भएमा फाइनलमा पुग्ने टिमको होडवाजी खुल्ला हुनेछ । जारी प्रतियोगितामा नेपालले एक खेलमा पराजित र एक खेल जितेको छ । यता बंगलादेशले दुई खेलमा दुबैमा जित हात पारेको छ ।
नेपाल पहिलो खेलमा भारतसँग पाँच शुन्यले पराजित भएपनि त्यसपछि श्रीलंकालाई दुई शुन्यले हराएको थियो । यता बंगलादेशले भुटानलाई पाँच दुई र श्रीलंकालाई सात एकले हराएको थियो । जसका कारण उसको दुई खेलमा ६ अंक रहेको छ ।
यदि आज नेपाल पराजित भएमा नेपालको फाइनल पुग्ने संभावना समाप्त हुनेछ । नेपाल र बंगलादेश यो प्रतियोगितामा अघिल्लो संस्करणमा खेल्दा बंगलादेश दुई एकले विजयी भएको थियो । आज नेपाललाई सो खेलको हारको बदला लिने मौका पनि हुनेछ ।
प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय