सुपरस्टार स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेपछि जर्मन बुन्डेसलिगामा साविक विजेता बार्यन म्युनिखले साल्के–४ लाई ३-० गोलले पराजित गरेको छ ।
पहिलो खेलमा हेर्थासँथ एक एक गोलको बराबरीमा रोकिएको बार्यनले नयाँ सिजनमा पहिलो जित आत्मसाथ गरेको हो ।
ह्याट्रिक गरेका लेवान्डोस्कीले पहिलो हाफमा पेनाल्टीमार्फत अग्रता दिलाएका थिए । २१ औं मिनेटमा पाएको पेनाल्टीमा उनले गोल गरेका हुन् ।
दोस्रो हाफ सुरु भएको पाँचौं मिनेटमा एक्लो प्रयासमा उनले सानदार गोल गरी दोहोरो अग्रता दिलाएका थिए ।
लेवान्डोस्कीले ७५ औं मिनेटमा किंग्स्ले कोम्यानको पासमा गोल गरी ह्याट्रिक पूरा गरे भने टिमको जित निश्चित गरे ।
बार्यनले गत सिजन लगातार सातौंपल्ट जर्मन बुन्डेसलिगाको उपाधि जितेको थियो ।
सिजनको पहिलो खेलमा बोरुसिया मोन्चेनग्लाडबाचसँग बराबरीमा रोकिएको साल्केले लिगमा पहिलो जितका लागि कम्तिमा अर्को खेल कुर्नुपर्ने भएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय