हिमाल दैनिक
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइनेटड क्रिष्टल प्यालेसँग २–१ गोल अन्तरले पराजित भएको छ । शनिबार राति भएको खेलमा युनाईटेड क्रिष्टल प्यालेससँग २–१ गोलले पराजित भएपछि म्यानचेस्टर युनाईटेड शीर्ष स्थानमा पुग्ने असफल बन्यो । म्यानचेस्टर घरेलु मैदान वल्र्ड टाफोर्डमा पहिलो हाफको ३२ औं मिनेटमा पछि परेको थियो । क्रिष्टल प्यालेसका जोर्डन अवीले गोल गर्दै अग्रता दिलाएका थिए । उक्त अग्रता क्रिष्टलले अन्तिमसम्म जोगाउँन नसक्दा खेल बराबरीमा आएको थियो । ८९ औं मिनेटमा डेनियल जेम्सले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर खेलको इन्ज्योरी समयमा क्रिष्टका पेट्रक भान एनहोल्टले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाएका थिए । उक्त अग्रता अन्तिम ह्वीसल नबज्दासम्म क्रिष्टलले कायम राख्दै स्पष्ट तीन अंक लिन सफल भयो । तेस्रो चरणको खेलबाट म्यानचेस्टर युनाईटेडले ४ अंक बनाएको छ भने क्रिष्टलको पनि चार अंक नै पुगेको छ । युनाईटेडका लागि ७० औं मिनेटमा मार्कस रासफोर्डले पेनाल्टी मिस गरे पछि बराबरी गर्ने मौका गुमाएका थियो । गत हप्ता पौल पोग्बाले पेनाल्टी मिस गरेपछि यस पटक रासफोर्डलाई पेनाल्टी प्रहार गर्न दिइएको थियो । यस पटक रासफोर्ड पनि असफल भएका थिए । तर ८९ औं मिनेटमा जेम्सले गोल गर्दै खेल बरबारीमा ल्याए पनि अंक भने दिलाउन सकेनन् ।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update