हिमाल दैनिक
तेस्रो एशेजः जीतको धुनमा अस्ट्रेलिया, घरेलु टिम इङल्याण्ड स्तब्ध
802591426Australia
एसेज सिरिज अन्तर्गत तेस्रो टेष्टको पहिलो इनिङ्समा घरेलु टोली इंग्ल्याण्ड ६७ रनमा अलआउट भएको छ । लिड्समा अष्ट्रेलियालाई १७९ रनमा समेटेर पहिलो इनिङ्स थालेको इंग्ल्याण्ड २७.५ ओभरमा अलआउट भएको हो। खराब प्रदर्शन गरेको इंग्ल्याण्ड पहिलो इनिङ्समा अष्ट्रेलियासँग ११२ रनले पछि परेको छ । यो सँगै जारी तेस्रो एशेज सिरिजको दोस्रो दिनको खेल सकिँदा अस्ट्रेलिया जीतको मुद्रामा देखिएको छ। पहिलो इनिंगमा केवल १९७ रनमा अल आउट भएको अस्ट्रेलियाले घरेलु टिम इङल्याण्डलाई पहिलो इनिंगमा ६७ रनमा अल आउट गरेपछि राम्रो अवस्थामा पुगेको हो । त्यस्तै आफ्नो दोस्रो इनिङमा अस्ट्रेलियाले ६ विकेट गुमाएर १७१ रन बनाएपछि दोस्रो दिनको खेल सकिँदासम्म अस्ट्रेलियाले २८३ रनको अग्रता बनाइसकेको छ । अस्ट्रेलियाका लागि स्टिभ स्मिथको ठाउँमा टिममा आएका मार्नस लाबुसचागनेले लगातार उत्कृष्ट ब्याटिङ गरेका छन् । उनले अविजित ५३ रन बनाएर खेलिरहेका छन्। त्यस्तै म्याथ्यु वाडेले ३३, ट्राभिस हेडले २५, उसमान ख्वाजाले २३ र मार्क्स ह्यारिसले १९ रन बनाएर आउट भए। त्यस्तै डेविड वार्नर र कप्तान टिम पाने शून्यमा आउट भएका थिए । इङल्याण्डका बलर स्टुअर्ट बोर्ड र बेन स्टोकले २-२ विकेट लिए भने क्रिस वोक्स र ज्याक लिचले १-१ विकेट लिए। पहिलो इनिंगमा ६ विकेट लिएका आर्चरले भने दोस्रो इनिंगमा विकेट लिएका छैनन्। उनको खुट्टामा समस्या आएपछि उनी खेलको बिचमा नै मैदान बाहिर गएका थिए । यसअघि अस्ट्रेलियालाई पहिलो दिन १७९ रनमा समेटेको इङ्ल्याण्डले आफ्नो पहिलो इनिंगमा केवल ६७ रन बनाउदा अल आउट भएको थियो । उसका लागि जोनी डेनलीले बनाएको १२ रन नै सर्वाधिक रन बन्न पुग्यो भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउने सकेनन्। इङल्याण्डका रेरी बर्न्स र जासन रोय ९-९ रन बनाएर आउट भए भने कप्तान जोय रुट शुन्यमा आउट भएका थिए । त्यस्तै बेन स्टोकले ८, जोनी बैरस्ट्रवले ४ जोस बटलरले ५, कृष् वोक्सले ५, जोफ्रा आर्चरले ७ र जयक लीच १ रन बनाएर आउट भए । त्यस्तै स्टुअर्ट बोर्ड ४ रन बनाएर अविजित रहे । अस्ट्रेलियाका जोस हेजलवुडले सर्वाधिक ५ विकेट लिए । त्यस्तै पाट कमिन्सले ३ विकेट लिए भने जेम्स पाटीन्सनले २ विकेट लिए । यसअघि पहिलो दिन जोफ्रा आर्चरको घातक बलिङ पछि तेस्रो टेस्टको पहिलो इनिंगमा अस्ट्रेलिया १७९ रनमा समेटिएको थियो । वर्षाले प्रभावित तेस्रो एशेजको पहिलो दिन अस्ट्रेलिया टस हारेर पहिला ब्याटिङ गर्दै १७९ रन बनाउँदै अल आउट भएको हो । अस्ट्रेलियाका लागि स्टिभ स्मिथको ठाउँमा टिममा आएका मार्नस लाबुस्चागनेले सर्वाधिक ७४ रन बनाएका थिए भने डेविड वार्नरले ६१ रन बनाए । त्यस्तै कप्तान टिम पानेले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। मार्क्स ह्यारिस र उसमान ख्वाजा ८-८ रन तथा ट्रेभिस हेड, पाट कमिन्स र म्याथ्यु वाडे शुन्यमा आउट भएका थिए । त्यस्तै जेम्स पाटिनसनले २, नाथन लियोन र हाजेलवुडले १-१ रन बनाएका थिए । इङल्याण्डका बलर जोफ्रा आर्चरले अस्ट्रेलियाका ६ ब्याट्सम्यानलाई आउट गरेका थिए । केवल दोस्रो टेस्ट खेलिरहेका आर्चर सटिक र बाउन्सर बलिङका कारण चर्चामा रहेका छन् । त्यस्तै स्टुअर्ट बोर्डले २ विकेट लिए भने क्रिस वोक्स र बेन स्टोकले एक एक विकेट लिएका थिए । सिरिजमा पहिलो खेल जितेर अस्ट्रेलिया १-० ले अगाडि रहेको छ भने दोस्रो खेल बराबर भएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update