रियल मड्रिडको ठुलो प्रस्तावलाई अस्वीकार गर्दै पिएसजीले नेयमारलाई अनुबन्ध गर्नका लागि निकै कठिन रहेकोे देखाएको छ ।
बार्सिलोनाको प्रस्तावलाई अस्विकार गरेपछि रियलले नेयमारलाई अनुबन्धित गर्नका लागि पिएसजीसामु ठुलो प्रस्ताव राखेको थियो । तर पिएसजीले रियलको उक्त प्रस्तावलाई अस्वीकार गरेको बताइएको छ । ट्रान्सफर विन्डो सेप्टेम्बर २ सम्मको लागि खुला रहनेछ । तर नेयमारको लागि आएको प्रस्तावलाई भने पिएसजीले निरन्तर अस्वीकार गर्दै आइरहेको छ ।
रियल मड्रिडले नेयमारको लागि पिएसजीसामु राखेको १०० मिलियन पाउन्ड र रियलका ३ खेलाडी गेरेथ बेल, केयलर नाभास र जेम्स रोड्रिगुइज साट्ने प्रस्तावलाई अस्वीकार गरेको बताइएको छ । पिएसजीले नेयमारलाई अनुबन्धित गर्नका लागि बार्सिलोनासामु विस्वको किर्तिमानी मुल्य २२२ मिलियन पाउन्ड तिरेको थियो ।
नेयमारलाई अन्य क्लबले अनुबन्धित गर्न नसक्नुमा पिएसजीले तिरेको उक्त किर्तिमानी रकम रहेको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय