छोटो दूरीका अमेरिकी धावक क्रिष्टियन कोलम्यानले लगातार तीन पटक डोपिङ परीक्षण नगराएपछि उनीमाथि प्रतिबन्ध लाग्न सक्ने अवस्था आएको छ ।
उसेन बोल्टपछिका सबैभन्दा द्रुत गतिमा दौडिने कोलम्यानको प्रतिष्ठा जोगाउनै संघर्ष गर्नुपर्ने देखिएको छ । २३ वर्षे धावकले पछिल्लो एक वर्षमा तीन पटक परीक्षण गराउनु पर्नेमा एक पटक पनि नगराएकोले विश्व च्याम्पियनसिप र ओलम्पिकमा समेत प्रतिबन्ध लाग्न सक्नेछ । विश्व च्याम्पियनसिप अर्को महिना कतारमा आयोजना हुँदैछ भने ओलम्पिक अर्को वर्ष जापानको टोकियोमा हुनेछ ।
अमेरिकाको एन्टिडोपिङ नियम अनुशार १२ महिनाभित्र परीक्षण गराउन असफल भए दुई वर्षसम्मको प्रतिबन्ध लाग्न सक्नेछ । यो विषमा विश्व एन्टिडोपिङ संस्था, अमेरिकी एन्टिडोपिङ संस्था र अन्तर्राष्ट्रिय एगलेटिक्स महासंघबीच उच्चस्तरीय बैठक जारी छ । कोलम्यान विश्व च्याम्पियनसिप र ओलम्पिकमा स्वर्ण पदकका दाबेदार हुन् । एक सय मिटरका धावक कोलम्यानले ९.७९ को उत्कृष्ट समय निकालेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय