घानाका पूर्व खेलाडी जुनीयर एगोगो मुटुको समस्याका कारण ४० बर्षको उमेरमा निधन भएको छ ।
घाटाका पूव राष्ट्रिय खेलाडी तथा नोटिङघम फरेस्ट र ब्रिस्टोल रोभर्सका स्ट्राइकर जुनियरको ह्ृदयघातका कारण अकस्मात निधन भएको हो ।
सेफिल्डबाट आफ्नो करियर सुरु गरेका उनले राष्ट्रिय टिमबाट २७ खेल खेलका थिए । जसमा उनले १२ गोल गरेका थिए । उनले अन्तिम पटक हाइब्रेनियनमा खेलेका थिए । २०१२ मा फुटबल करियरबाट विदा लिएका उनले अमेरीका, साइप्रस र इजिप्टमा प्रशिक्षकको काम पनि गरेका थिए ।
जुनीयरलाई २०१५ पनि मुटुको समस्या आएको थियो । सो बेला समयमा नै उपचारका कारण बाँचेका उनी यसपटक भने ज्यान गुमाउन पुगे । उनको निधनमा पूर्व क्लवहरुले समवेदना दिएका छन ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय