जब बार्सिलोना शुक्रबारको पहिलो खेलमा मैदानमा उत्रदै थियो, उसले यसैसिजन क्लवमा भित्र्याएका खेलाडी एन्टोइन ग्रिजमन १७ नम्वरको जर्सिमा मैदानमा देखिएका थिए ।
उनी मैदानमा उत्रदा हाल बार्यन म्युनिखमा लोनमा गएका खेलाडी भने मैदानबाहिर थिए । तर उनलाई किन १७ नम्वर जर्सीमा उतारियो भन्ने चासोको विषय बनेको छ । बार्सिलोनाले फिलिप कोउन्टिन्होलाई लोनमा बार्यन म्युनिख पठाउने निर्णय गर्दापनि किन कोउन्टिन्होले लगाउने सात नम्वर जर्सी ग्रिजमनलाई दिइएन भन्ने चासो उनका समर्थकलाई भएको छ ।
ला लिगाको नियम अनुसार पहिलो खेलमा जुन खेलाडी जुन जर्सी नम्वरमा मैदानमा उत्रन्छ, उसले पुरै सिजन सोहि जर्सीमा उत्रनुपर्छ । अन्तिम समयमा बार्यन म्युनिखमा लोनमा गएका कोउन्टिन्होको यो डिल केहि दिन अगाडी फाइनल भएको भए ग्रिजनमले सात नम्वर जर्सी पाउने संभावना रहेको थियो ।
हाल कोउन्टिन्हो १९ मिलियन पाउण्डमा बार्यनमा लोनमा अनुबन्ध भएका छन । यदि बार्यनले उनलाई पुर्ण रुपमा अनुबन्ध गर्ने इच्छा देखाएमा उसले बार्सिलोनालाई एकसय २० मिलियन युरो तिर्नुपर्नेछ । यो सिजन १७ नम्वर जर्सीमा नै विताउने निश्चित भएका ग्रिजमन सात नम्वरको जर्सीका लागि अर्को सिजन कुर्नुपर्ने भएको छ ।
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय