हिमाल दैनिक
एभिसी भलिबलः पहिलो खेलमा नेपाल किर्गिस्तानसंग पराजित
bhairabnaach
एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । सोमबार भएको नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा नेपाललाई किर्गिस्तानले २५–२३, २५–२२ र २५–२२ को सेटमा पराजित गर्यो । जितसँगै समूह ’ए’ को किर्गिस्तानले २ अंक जोडेको छ । र, किर्गिस्तानले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । किर्गिस्तानले अब मंगलबार माल्दिभ्ससँग खेल्नेछ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update