हिमाल दैनिक
एभिसी भलिबलः तुर्कमेनिस्तानको विजयी सुरुवात
AVC-Logo-n
तुर्कमेनिस्तानले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा तुर्कमेनिस्तानले अफगानिस्तानलाई ३–१ सेटमा पराजित गरेको हो ।लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा तुर्कमेनिस्तान ३२–३०, २५–१६, २७–२५ र २६–२४ अङ्कले हराएको हो । जितसँगै समूह ‘बी’ मा रहेको तुर्कमेनिस्तानले दुई अङ्क जोडेको छ । अफगानिस्तानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । अब तुर्कमेनिस्तानले दोस्रो खेलमा मंगलबार उज्वेकिस्तान र अफगानिस्तानले बंगलादेशको सामना गर्नेछ । नेपालले पहिलोपटक आयोजना गरेको उक्त प्रतियोगितामा सात राष्ट्रको सहभागिता छ । आयोजक नेपालसहित बङ्गलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान छन् । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा कीर्गिस्तान र माल्दिभ्स छन् । समूह ‘बी’मा तुर्कमेनिस्तान, बङ्गलादेश, उज्वेकिस्तान र अफगानिस्तान छन् । नेपालले अहिले साँझ किर्गिस्तानसँग खेल्ने छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update