फ्रेन्च लिग वनमा साविक विजेता पेरीस सेन्ट जर्मेनले पहिलो हार ब्यहोरेको छ । गएराति भएको खेलमा पीएसजी रेनेससँग दुई एकले पराजित भयो ।
रेनेसले घरेलु मैदानमा पीएसजीको एक गोलको अग्रतालाई उल्ट्याएको हो । खेलको सुरुवाती आधा घण्टा गोलरहित बराबरीमा सकिएको थियो । तर ३६ औं मिनेटमा इडिन्सन काभानीको गोलमा पीएसजीले घरेलु टिम विरुद्ध अग्रता बनाएको थियो ।
तर पहिलो हाफको अन्तिममा रेनेसले गोल गर्दै खेल बराबरीमा पुर्यायो । उसका लागि एम्बे नियाङले गोल गर्न सफल भए ।
पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको ४८ औं मिनेटमा डेल कास्टिलोले गोल गर्दै रेनेसले खेलमा अग्रता बनायो । जुन अग्रता अन्तिमसम्म कायम राख्दै तीन अंक बटुल्यो ।
जारी लिगमा रेनेसको लगातार दोस्रो जित हो । उसले दुई खेलमा ६ अंक बनाएको छ । यता स्टार खेलाडी नेयमारलाई हिजोको खेलमा पनि बेन्चमा राखेको पीएसजीले दुई खेलमा नै पहिलो हार ब्यहोर्यो ।
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय