हिमाल दैनिक
साविक विजेता बार्सिलोनाका कप्तान लियोनेल मेसीले यो सिजनको ला लिगा अन्तर्गतको पहिलो खेल गुमाउने भएका छन्। मेसीले चोटका कारण आगामी शुक्रबार एथ्लेटिक बिल्वाओविरुद्धको ला लिगाको पहिलो खेल गुमाउने भएको प्रशिक्षक इर्निस्टो भालभेर्डेले बताएका छन् । बार्सिलोनाका मुख्य प्रशिक्षक ईर्नेस्टो भाल्भर्डेले मेसीलाई लिएर आफूले कुनै जोखिम उठाउन नचाहेको प्रष्ट पारेका छन्। मेसीले बार्सिलोनाको प्रशिक्षणमा जोडिएको पहिलो दिन नै पिडौंलामा चोट बोक्न पुगेका थिए । त्यसयता उनी नियमित थेरापीमा छन्। अर्जेन्टिनी स्टारले टिम भन्दा बाहिर रहेर छुट्टै अभ्यास गरिरहेका छन् । मेस्सी कोपा अमेरिकामा व्यस्त भएका कारण उनी अगष्टमा नियमित अभ्यासमा आउन सकेनन् । तर प्रि–सिजन टूर अघि उनले अभ्यासको क्रममा चोट बोकेका थिए । ‘३२ वर्षीय मेसीलाई लिएर म कुनै जोखिन मोल्न चाहन्नँ। उनी शतप्रतिशत फिट नहुँदासम्म पर्खने निर्णय लिएका छौं,’ प्रशिक्षकले भालभर्डेले भनेका छन्। बार्सिलोनाका कप्तान मेसीले अमेरिका टूर गुमाएका थिए । उनले नापोलीविरुद्वको दुई मैत्रीपूर्ण खेल गुमाएका थिए ।    
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update