एजेन्सी । दाेस्राे एसेस सिरिज अन्तर्गत ईङ्ल्याण्ड पहिलो ईनिङ्समा २ सय ५८ रनमा अलआउट भएको छ । लड्समा बर्षाले पहिलो दिन प्रभावित भएपनि दोस्रो दिनमा ईङ्ल्याण्डले ब्याटिङ गरेको थियो ।
ओपनर रोरी बर्न्सले ५३ र जोनी बेयरस्थ्रोले ५२ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । क्रिस वक्सले ३२ र जोय डेन्लीले ३० रन बनाए ।
अष्ट्रेलियाका नाथन लियोन, पाट कुमिन्स र जोस हेजलउडले समान ३-३ विकेट झारे ।
जवाफी ब्याटिङ थालेको अष्ट्रेलियाले १ विकेटको क्षतीमा ३० रन बनाउँदा दोस्रो दिनको खेल सकिएको थियो ।
डेबिड वार्नर ३ रन बनाएर आउट भएका छन् । क्यामेरोन बानक्राफ्ट ५ र उसमान खाजावा १८ रनमा अटआउट छन् ।
स्टुआर्ट ब्रोडले १ विकेट लिएका छन् । पहिलो सिरिज अष्ट्रेलियाले २ सय ५१ रनले जितेको थियो ।
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय