एजेन्सी, २७ साउन । वेस्टइण्डिजविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा भारत ५९ रनले विजयी भएको छ । पहिलो खेल रद्द भएको थियो । सिरिजको छिनोफानो भने तेस्रो तथा अन्तिम एक दिवसीयबाट हुने छ ।
भारतको जितमा कप्तान विराट कोहलीले शतकीय पारि खेलेका थिए । टस जितेर पहिला ब्याटिङ गरेको भारतको शुरुआत भने राम्रो थिएन् । पहिलो ओभरमै ओपनिङ व्याट्सम्यान शिखर धवन २ रन बनाएर आउट भए । त्यसपछि कप्तान कोहली र रोहित शर्माले भारतको इनिङ्स अघि बढाएका थिए । १६औं ओभरमा रोहित १८ रन बनाएर आउट भए ।
त्यसपछि क्रिजमा आएका ऋषभ पन्त पनि धेरै बेर क्रिजमा जम्न सकेनन् । उनले व्यक्तिगत २० रन बनाए पनि फेरि एक पटक खराब सटमै आउट हुन पुगे ।
नयाँ व्याट्सम्यान श्रेयस अय्यरले कोहलीलाई साथ दिए । कोहलीले ३८ औं ओभरमा ११२ बलमा शतक पुरा गरेका थिए । कोहलीले एक दिवसीय करियरको ४२ औं शतक हो । श्रेयसले पनि अर्धशतकीय पारि खेले ।
कोहली १२० रन बनाएर आउट हुनुभन्दा पहिला अय्यरसँग १२५ रनको साझेदारी गरेका थिए । ४२.२ ओभरमा पानी परे पछि खेल रोकिएको थियो । पानी रोकिएपछि शुुरु भएको खेलमा अय्यर ७१ रन बनाएर आउट भए । अन्तिमसम्म क्रिजमा रहेका रविन्द्र जडेजाले नट आउट १५ रन बनाएपछि भारतको स्कोर २७९ पुगेको थियो । वेस्टइण्डिजका कार्लोस ब्रेथवेटले सर्वाधिक ३ विकेट लिए ।
२८० रनको लक्ष्य लिएर मैदान उत्रिएको वेस्टइण्डिजका क्रिस गेल र एविन लुईसले पारिको शुरुआत गरे । भारतीय बलरमाथि हावी हुन खेजेका गेललाई ११ रन र शाई होपलाई ५ रनमा आउट गरेपछि खेलमा भारत हाबी भएको हो । ११ रन बनाएसँगै क्रिस गेल सर्वाधिक रन बनाउने पहिलो क्यारेवियन खेलाडी पनि बनेका छन् ।
१२.५ ओभरमा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि शुरु भएको खेलमा वेस्टइण्डिजले नयाँ लक्ष्य ४६ओभरमा २७० रनको पाएको थियो । इभिन लुइसले ६५ तथा निकोलस पुरनले ४२ रन बनाए । वेस्टइण्डिज ४२ ओभरमा २१० रन बनाएर अल आउट भयो । भारतका भुवनेश्वर कुमारले ४ विकेट लिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय