हिमाल दैनिक
शाहजाद अनिश्चितकालका लागि निलम्बनमा
sahazad
अफगानिस्तान क्रिकेट बोर्डले विकेटकिपर तथा ओपनर ब्याट्सम्यान अहमद शाहजादलाई अनिश्चितकालका लागि निलम्बन गरेको छ । शाहजादले बाहिर जाँदा कुनै स्विकृति नलिएर बोर्डको आचार संहिता पालना नगरेको भन्दै कारबाही स्वरुप निलम्बन गरेको हो । पछिल्लो समय शाहजादको बोर्डसँगको सम्बन्ध बिग्रिएको थियो ।  हालै भएको विश्वकपका क्रममा शाहजाद घाइते भएको भन्दै उनको स्थानमा अर्को खेलाडीलाई टोलीमा समावेश गरिएको थियो । जसका कारण उनले बोर्डको आलोचना गरेका थिए । बोर्डले भने उनी घुंडाको समस्याबाट ठिक हुन नसकेकाले उनको स्थानमा अर्को खेलाडी समावेस गरिएको जनाएको थियो । पाकिस्तान पेशावर स्थित शरणार्थी शिबिरमा आफ्नो बाल्यकाल बिताएका शाहजाद अहिले पनि पेशावरमा नै बसोबास गर्ने गर्छन । बोर्डले भने उनलाई बारम्बार अफगानिस्तानमा बस्न निर्देसन दिएको थियो । तर हालै उनी पेशावरमा अभ्यास गरिएको देखिए पछि बोर्डले यस्तो निर्णय लिएको हो । यो निर्णयले उनको करियर धरापमा परेको छ । यो बिषयमा उनले आधिकारीक धारणा सार्वजनिक गरेका छैनन् ।
प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update