तीब्रगतिको हावा हुरीले डच क्लव एजेड अल्कमार क्लवको मैदानको छाना खसेको छ।
गए राति अल्कमार क्लवको अएफएएस स्टेडियमको एक भागको छत हावाका कारण पुरै खसेपछि क्लवका प्रबन्ध निर्देशक रोबेर्ट इनहोर्नले अनुसन्धान सुरु गर्न लगाएका छन्। खेल नभएका बेला सो छत खसेकाले कुनै मानवीय क्षति भएन।
हावाको बेग धेरै भएकाले स्टेडियमका छत दर्शकबस्ने स्थानतिर खसेको थियो । खालिसमयका बेला खसेकाले मानबीय क्षति नभएको हो। तर, आर्थिक रुपमा क्लवलाई ठूलो नोक्सान भने भएको छ ।
२००६ मा आर्सनल विरुद्धको मैत्रीपूर्ण खेलपछि यो मैदानको उद्घाटन गरिएको थियो। यहि मैदानमा अगष्ट १५ मा युक्रेनको क्लव एफसी मरिउपोल खेल्ने तालिका रहेको थियो। त्यसको तीन दिनपछि घरेलु लिगको खेल थियो ।
क्लवका एमडी इनहोर्नले सो खेलहरु यहि मैदानमा हुने कि, नहुने भनेर अहिले नै भन्न उचित नुहने बताए। उनले यदि मैदानको सुरक्षाको अवस्था राम्रो छैन भने कुनै पनि खेल खेलाइने छैन, तर केहि दिनपछि रिपोर्ट हेरेर यस विषयमा निर्णय गर्ने बताए।
प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय