हिमाल दैनिक
बार्सिलोनाले मैत्रीपूर्ण खेलमा इटालियन टोली नेपोलीलाई हराएको छ। प्रि-सिजन अघिको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाले २-१ को जित निकालेको हो। अमेरिकाको मियामीमा बिहिबार बिहान भएको खेलमा बार्सिलोनालाई जिताउन सर्जियो बुस्केट र इभान राकिटिकले एक-एक गोल गरे। नापोलीले आत्मघाती गोलबाट एक गोल फर्काएको थियो। हार्ड रक स्टेडियममा कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्सिलोनाले ३९ औं मिनेटमा बुस्केटको गोलबाट अग्रता बनाएको थियो। कप्तान मेसी पिडुलाको चोटका कारण अमेरिका भ्रमणमा रहेका छैनन्। खेलको ४२ औं मिनेटमा बार्सिलोनाका स्यामुएल उम्टिटीले आत्मघाती गोल गरेपछि नापोली खेलमा फर्कियो। तर, खेलको ७९ औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए। थप समयमा गोल हुन नसकेपछि बार्सिलोनाले जित दर्ता गरेको हो । युरोपियन क्लब फुटबलको नयाँ सिजनको सुरुवात हुनु अघि टिमको तयारीका लागि बार्सिलोना  र नापोलीले मैत्रीपूर्ण खेल खेलेका हुन्।
प्रकाशित मिति: सोमबार, साउन २०, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update