म्यानचेस्टर सिटीले युभेन्टसका डिफेन्डर जोओ कान्सिलोलाई ६० मिलियन पाउण्डमा अनुबन्ध गरेको छ । प्रिमियर लिगको खेलाडी किनबेच सकिन अघिल्लो दिन सिटीले महंगो रकममा जोओलाई टिममा भित्र्याएको हो ।
जोओलाई सिटीले २०२५ सम्मका लागि अनुबन्ध गरेको हो । यो सिजन उनी सिटीमा भित्रिने तेस्रो महंगो खेलाडी बनेका छन । उनी सिटीमा आएपछि सिटीका डिफेन्डर डानीलो ३४ दशलमव एक मिलियनमा युभेन्टसमा गएका छन ।
सिटीमा अनुबन्ध भएपछि उनले क्लवको प्रशंसा गरेका छन । उनले सिटी निकै राम्रो क्लव रहेको र उसको खेल्ने सैली अरुको भन्दा फरक रहेको बताए । साथै उनले सिटीबाट राम्रो खेलेर टिमलाई धेरै उपाधि दिलाउन सहयोग गर्ने बताए ।
डिफेन्डरका साथै आक्रमण पनि गर्नसक्ने क्षमता भएका उनलाई युभेन्टसले २०१८ मा ३५ मिलियन पाउण्डमा भ्यालेन्सियाबाट अनुबन्ध गरेको थियो । सो बेला उनी लोनमा इन्टर मिलानबाट खेलिरहेका थिए ।
यता डेनीलोले युभेन्टससँग ५ बर्षको सम्झौता गरेका छन । २०१७ मा सिटीमा अनुबन्ध भएका उनले लिगमा ६० खेल खेल्दा २२ खेलमा सुरुवाती ११ मा परेका थिए ।
प्रकाशित मिति: सोमबार, साउन २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय