एजेन्सी । इंग्ल्यान्डका पूर्व कप्तान वायन रुनी इन्ग्लिश क्लब फर्किएका छन् ।
अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब डीसी युनाइटेडका स्ट्राइकर रुनीलाई च्याम्पियनसिप क्लब डर्बी काउन्टीले खेलाडी र प्रशिक्षकको भूमिकामा क्लबमा अनुबन्ध गरेको छ ।
रुनीले डर्बीसँग १८ महिने सम्झौता गरेका छन् । रुनी २०२० को जनवरीबाट डर्बीमा आबद्द हुने छन् । डीसीसँगको उनको सम्झौता आगामी नोभेम्बरमा सकिने छ ।
डर्बीसँगको सम्झौतापछि बोल्दै रूनीले डर्बीले दिएको अवसरलाई आफुले प्रमाणित गर्ने बताए ।
'म निकै उत्साहित छु । डर्बीले दिएको यस अवसरलाई म प्रमाणित गर्ने छु,' रुनीले भने ।
डर्बीसँगको सम्झौतासँगै रुनीले फ्रान्क लाम्पार्डको स्थान लिएका छन् । लाम्पार्ड चेल्सीको प्रशिक्षक नियुक्त भएपछि डर्बीले रुनीलाई अनुबन्ध गरेको हो ।
म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान समेत रहेका रुनी एभर्टनबाट गत वर्ष डीसीमा अनुबन्धित भएका थिए ।
रुनीले डीसीबाट ४३ खेलमा २३ गोल गरेका छन् ।
प्रकाशित मिति: शनिबार, साउन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय