हिमाल दैनिक
भारतको विश्वकप चुम्ने सपना चकनाचूर, न्यूजिल्याण्ड फाइनलमा प्रवेश
ind-vs-nz-2-1562753638
विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डले विश्वकपको प्रमुख दाबेदार रहेको भारतलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ। बुधबार म्यानचेस्टरस्थित क्रिकेट मैदानमा भएको दोस्रो दिनको खेलमा भारतलाई ४९.३ ओभरमा  अल आउट गर्दै १८ रनले हराएर फाइनलमा प्रवेश गरेको हो। आफ्नो चिरप्रतिद्धन्द्धी टिम पाकिस्तानलाई लिग चरणमा अनेक तिक्डम लगाएर पाखा पारेको भारतीय टिम समूह चरणमा शीर्ष स्थानमा रहेपनि फाइनलको यात्रामा सफलता पाउन सकेन। न्यूजिल्याण्डले अब अष्ट्रेलिया र इंग्ल्याण्डबीच हुने खेलको विजेतासँग फाइनमा प्रतिस्पर्धा गर्नेछ। मंगलबार ४६.१ ओभरको खेलमा ५ विकेट गुमाउँदै २११ रन बनाएको न्यूजिल्याण्डले बुधबार २३ बलको सामना गर्दै २८ रन जोडेर भारतलाई २४० रनको लक्ष्य दिएको थियो। बुधबार दोस्रो दिनको खेलमा भारतीय टिम सुरुको ३.३ ओभरमा जम्मा ५ रन छँदा ३ विकेट गुमाएर लर्खराएको थियो। जसमा न्यूजिल्याडका म्याट हेनरीले रोहित शर्मालाई आउट गरे भने त्यसको लगत्तै कप्तान विराट कोहली पनि एक रन बनाएर पेभेलियन फर्किए। उनलाई बोल्डले एलबीडब्ल्युमा आउट गरेका थिए। त्यसपछि केएल राहुल पनि हेनरीको बलमा एक रनमै आउट भएपछि विश्वकप उपाधिको प्रमुख दाबेदार मानिएको भारतीय टिम धर्मराएको थियो। त्यसपछि मैदानमा दिनेश कार्तिक पनि २५ बल खेलेर जम्मा ६ बनाउँदै हेनरीबाट आउट भए। त्यसपछि रिशव पन्त र हार्दिक पाण्डेले क्रमशः ५६ र ६२ बलको सामना गर्दै समान ३२/३२ रनको योगदान दिए। त्यसपछि मैदानमा उत्रिएका महेन्द्रसिंह ध्वनी र रविन्द्र जडेडाले डुब्नै लागेको भारतीय टिमको डुंगालाई उतार्न भरपूर कोशिश गरेका थिए। विशेषगरी जडेजाले अनपेक्षित रुपमा विष्फोटक व्याटिङ गर्दै ५९ बलको सामना गरेर सर्वाधिक ७७ रन बनाउँदै ट्रेन्ट बौल्टको बलमा आउट भए। जसमा उनले ४ चौका र ४ छक्का हानेका थिए। ध्वनीले सम्हालिएर खेल्दै जडेडालाई साथ दिएपनि उनी पनि ४८.३ ओभरमा फेर्गुसनको बलमा गुप्टिलद्धारा रनआउट भए। उनले ७२ बलमा अर्धशतक बनाउँदै आउट भए जसमा उनले जम्मा एक चौका र एक छक्का हानेका थिए। ध्वनी आउट भएपछि भुवनेश्वरकुमारलाई पनि फर्गुसनबाट सून्य रनमै आउट भए। न्यूजिल्याण्डका लागि हेनरीले १० ओभर बलिङ गर्दै एक मेडन, ३७ रन दिएर ३ विकेट लिए भने सान्तनरले २ मेडन ओभर ३४ रन खर्चिएर २ विकेट लिन सफल भए।
प्रकाशित मिति: आइतबार, असार २२, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update