हिमाल दैनिक
कांग्रेस सचेतक भुषालले सोधिन्ः पाँच दिनसम्म देशको प्रधानमन्त्री कार्यालय कसले चलायो?
pushpa-01
नेपाली कांग्रेसले देशको प्रधानमन्त्रीको अनुपस्थितीमा पाँच दिनसम्म प्रधानमन्त्री कार्यालय कसले चलाएको छ भनि सरकारसँग जवाफ मागेको छ। प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणका लागि जेनेभा प्रस्थान गरेको पाँच दिनपछि मात्र राष्ट्रपति कार्यालयबाट उनको कार्यभार उपप्रधान एवं रक्षा मन्त्रीले सम्हाल्ने जानकारी सहितको पत्र संसदमा आएको जानकारी सभामुख कृष्णबहादुर महराले दिएपछि विपक्षी दलले प्रश्न उठाएको हो। बुधबारको प्रतिनिधि सभा बैठकमा सून्य समयमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुषालले भनिन्, ‘यो पाँच दिनसम्म देशको प्रधानमन्त्री कार्यालय कसले चलाएको छ? त्यसको जवाफ चाहन्छौँ।’ उनले देशको प्रधानमन्त्री जेनेभा र लण्डन लगायत युरोपको महत्वपूर्ण भ्रमणमा जाँदा विगतमा संसदीय अभ्यास र परम्परा अनुसार, संसदलाई कुन उद्देश्यका लागि देशको प्रधानमन्त्री बाहिर जान लागेको हो भनि पूर्वजानकारी दिने गरिएकोमा अहिले किन जानकारी गराइएन भनि भुषालले प्रश्न गरिन। साथै उनले सरकारले प्रधानमन्त्रीको विदेश भ्रणणको विषयमा सदनलाई किन गुमराहमा राखियो र यो अभ्यासलाई किन अगाडि बढाउने कोशिश भइरहेको छ भन्ने प्रश्न गर्दै सरकारसँग जवाफ मागिन्। https://www.facebook.com/himaldainik/videos/1291563367691500/?t=15
प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update